समाजवादी मोर्चाका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी

समाजवादी मोर्चाका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी


काठमाडौं । समाजवादी मोर्चाका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मोर्चाघटक माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताबिच छलफल भइरहेको हो ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरु सहभागि भएका छन् ।

बैठकमा नेकपा नेताविरुद्ध भएको पक्राउ पुर्जी जारी, सरकारको एक वर्षे समीक्षा, मोर्चाका अगाडी कार्यक्रम लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।