एकीकृत समाजवादीले सार्वजनिक गर्‍यो घोषणापत्र

एकीकृत समाजवादीले सार्वजनिक गर्‍यो घोषणापत्र

सत्तारुढ गठबन्धनको दल नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच पार्टी अध्यक्ष माधव कुमार नेपालले पार्टीको घोषणापत्र सार्वजनिक गरे। 

घोषणापत्रमा नेकपा एमाले विभाजन गरेर नयाँ पार्टी (एकीकृत समाजवादी) गठन गर्नुको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव विजष पौडेलले जानकारी दिए। 

घोषणापत्रमा समाजवादीका स्थानीय एजेण्डा र पार्टी विद्रोका कारण उल्लेख छ। जनमुखी स्थानीय सरकार, विकास र समृद्धिको आधार घोषणापत्रमा समेटिएको छ ।