सेयर बजार दोहोरो अंकले वृद्धि

सेयर बजार दोहोरो अंकले वृद्धि

काठमाडौैं, २१ वैशाख । चालु साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । अज नेप्से परिसूचक १२.७३ अंक बढेर १८६९.७३ विन्दुमा पुगेको छ । आज २५ लाख ३३ हजार ७१४ कित्ता सेयर किनबेच हुँदा ७३ करोड २६ लाख ८९ हजार ८११ रुपैयाँ बराबरको भएको छ । 

यस सेन्सेटिभ इण्डेक्स २.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०।७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६७ अंक बढेको छ ।आज  १६२ कम्पनीको मूल्य बढ्दा ५० वटा कम्पनीको ओरालो लागेको छ भने ६ वटा स्थिर रहेका छन् । १३ वटै उपसमूहको परिसूचक उकालो लागेको छ ।