सेयर बजार १६‍.४९ अंकले बढ्यो

सेयर बजार १६‍.४९ अंकले बढ्यो


काठमाडौं, १० जेठ ।  साताको चौथो कारोबार दिन आज सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १६‍.४९ अंकले बढेर १९५९‍.१२  विन्दुमा कायम भएको छ ।अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचक बुधबार पनि दोहोरो अंकले बढेको हो । बैंकहरुको ब्याजदर अझै घट्ने संकेत देखिएपछि दुई दिनयता सेयर बजारमा रौनकता छाएको छ ।

नेप्सेमा सूचीकृत २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज फाइनान्स, हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ ।