सेयर बजारमा आज दोहोरो अंकको गिरावट

1.

आज सेयर बजारमा नेप्से दोहोरो अंकले ओरालो लागेको छ। साताको पहिलो दिन सेयर बजारको कारोबारमा नेप्से परिसूचक २८.३१ अंकले घटेर १८३८.४८ बिन्दुमा कायम भएको छ।

आइतबार विभिन्न कम्पनीका ३८ लाख ४३ हजार ७१३ कित्ता शेयरको खरिद बिक्री हुँदा १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै जीवन बीमा समूह एक सय ७९ दशमलव ९४ र निर्जीवन बीमा समूह एक सय ५३ दशमलव ३६ अङ्कले घटेको छ । आज नबिल बैंक ५ करोड ७८ लाख ५५ हजार ७ सय ४२ रुपैयाँका साथ शिर्ष स्थानमा रहेको छ ।

माछापुच्छ्रे बैंक डिबेन्चर–२०८५ को शेयरमूल्य सात दशमलव ७५ प्रतिशतले घटेको छ भने सबैभन्दा धेरै नविल बैंक लिमिटेडको पाँच करोड ७८ लाख ५५ हजार र शिवम् सिमेन्ट लिमिटेडको पाँच करोड ७८ लाख ३७ हजार बराबरको शेयर कारोबार भएको छ ।