सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्वपूर्ण छ : प्रधानमन्त्री दाहाल

सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्वपूर्ण छ : प्रधानमन्त्री दाहाल

काठमाडौ, २९ साउन । सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्वपूर्ण भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

सोमबार पार्टीको बागमती प्रदेश समितिको पाँचौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्वपूर्ण ठानेर काम गर्दा जहाँ बेतिथि देखिन्छ, जो कोही पनि नछुटोस् भन्नेमा आफूहरु रहेको बताएका हुन् ।

उनले भने, ‘सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई एउटा संकल्पका रुपमा लिएका छौं । यसरी काम गर्दा जहाँ बेतिथि देखिन्छ, जो कोही पनि नछुटोस् भन्नेमा छौं ।’

आफूहरुको कदमले प्रतिक्रियावादीमा एउटा आतंक सिर्जना भएको भन्दै भने ,‘उनीहरुको षड्यन्त्र र घेराबन्दी जति भएपनि हामी आफ्ठ्यारोमा छैनौं । हामीले शुरुदेखि सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको पक्षमा नयाँ ढंगले काम गर्नुछ ।’

प्रधानमन्त्रीले तीन महिने अभियानले पार्टीलाई नयाँ उचाइँमा पुर्याउने टिप्पणी गरे । भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टी पुनर्निर्माण र रुपान्तरणको नयाँ अभियानबारे गम्भीरतापूर्वक छलफल गरेर निश्कर्ष निकालेको उनको भनाई छ ।