चोलेन्द्र शमशेर राणाको महाभियोगमा आवश्यक कागजात पेस गर्न सर्वोच्चको आदेश

चोलेन्द्र शमशेर राणाको महाभियोगमा आवश्यक कागजात पेस गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निलम्वनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाभियोग सम्बन्धी कागजात पेस गर्न आदेश गरेको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले शुक्रबार महाभियोग सम्बन्धी कागजात साथै राखि पेस गर्ने आदेश गरेको हो।

संवैधानिक इजलासमा कार्कीसहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई,  प्रकाशमानसिंह राउत र तेजबहादुर के सीको इजलासले यस्तो आदेश गरेको हो। अधिवक्ता पुन्यप्रसाद खतिवडा समेतको रिटमा अन्य आदेश गरेको हो। सर्वोच्चले संसद सचिवालयमा दर्ता भएको महाभियोग दर्ता सम्बन्धी सबै फाइलहरु अर्को सुनवाइमा पेस गर्न आदेश गरेको हो।

फागुन १ गते प्रधानन्यायाधीश राणाविरुद्ध सत्तारुढ दलका ९८ सांसदहरुले महाभियोग दर्ता गरेका थिए। उक्त महाभियोग असंवैधानिक भएकाले राणालाई काममा फर्काउनुपर्ने माग गर्दै उनीहरुले चैत ११ गते रिट दायर गरेका थिए। उक्त रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले त्यस सम्बन्धी कागज र आवश्यक फाइल पेस गर्न भनेको हो।