सैलुङमा पहिरोले ३ घर बगाउँदा २ जनाको मृत्यु, ५ जना बेपत्ता 

सैलुङमा पहिरोले ३ घर बगाउँदा २ जनाको मृत्यु, ५ जना बेपत्ता 

काठमाडौं । रामेछापको सैलुङमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने । पहिरोले ३ घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दोरम्बा सैलुङ गाउँपालिका–३ लेकखर्क पहरी गाउँमा गएराति पहिरो खस्दा कम्तीमा ३ घर बगाएको र घटनास्थलमा २ शव फेला परेको हो ।

 प्रहरीका  अनुसार गएराति परेको भीषण वर्षाका कारण गाउँ नजिकै रहेको खोलाको कटानले पहिरो खसेको थियो । घटनास्थलमा प्रहरी टोली पुग्दा कम्तीमा ३ घर बगाएको र २ जनाको शव घटनास्थलमा निकालिएको छ ।

गएराति ११ः४५ बजे माथिबाट खसेको पहिरो परेर कम्तीमा ५ जना बेपत्ता भएका छन् । वर्षाका कारण वडा २ र ३ जोड्ने अँधेरी खोलाको पक्की पुल बगाउँदा घटनास्थलसम्म पुग्न समस्या भएको प्रहरीले जनाएको छ ।