संसद तीन दलको बन्धक हुन सक्दैन :  रवि लामिछाने

संसद तीन दलको बन्धक हुन सक्दैन :  रवि लामिछाने


काठमाडौं, २३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले निर्धारित मिति र समयमै संसद चल्नुपर्ने बताएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा उनले निर्धारित समय र मितिमै संसद बैठक बस्ने घण्टी बज्नुपर्ने भन्दै तीन दलका शीर्षनेताको बन्धक संसद हुन नसक्ने बताए । तीन दलको बार्गेनिङले संसदलाई बन्धक बनाइएको भन्दै उनले यस्तो परिपाटीको अन्त्य हुनुपर्ने माग गरेका छन् ।