संसदीय सुनुवाई समितिले प्रस्तावित छ न्यायाधीशका विषयमा आज निर्णय गर्ने

संसदीय सुनुवाई समितिले प्रस्तावित छ न्यायाधीशका विषयमा आज निर्णय गर्ने

संसदीय सुनुवाई समितिले प्रस्तावित छ न्यायाधीशका विषयमा आज निर्णय गर्ने
काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाई समितिले आज सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जना न्यायाधीशहरूको नियुक्तिका विषयमा निर्णय गर्दैछ ।न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।

समितिले सबै प्रस्तावित न्यायाधीशहरूका विषयमा उजुरी आव्हान गरी ती उजुरीसहित विभिन्न विषयमा गत शुक्रबारदेखि मंगलबारसम्म समितिमा सुनुवाई गरेको थियो । बुधबार समितिले प्रस्तावित न्यायाधीशहरूका विषयमा अन्तिम सुनुवाई गर्न लागेको हो ।

समितिको आज विहान ११ बजे बस्दैछ । बैठकले न्यायाधीशहरूको नाम अनुमोदनबारे निर्णय गर्नेछ । समितिले अनुमोदन गरेमा उनीहरूले नियुक्ति लिएर राष्ट्रपतिबाट शपथ ग्रहण गरी सर्वोेच्च अदालतको न्यायाधीशकारुपमा कामकाज सुरू गर्नेछन् ।