सहिदहरुलाई १० लाख रुपैंयाँ र अन्य सुविधा दिएर ब्रम्हलुट गर्न पाइदैन :  दिपक सिंह

सहिदहरुलाई १० लाख रुपैंयाँ र अन्य सुविधा दिएर ब्रम्हलुट गर्न पाइदैन :  दिपक सिंह

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक सिंहले सहिदहरुलाई १० लाख रुपैंयाँ र अन्य सुविधा दिएर ब्रम्हलुट गर्न नपाइने बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा उनले नयाँ सहिदलाई दिने रकम देश निर्माण गर्ने निमार्णकर्ताहरुको बाँकी रकम भुक्तानी गर्न प्रयोग गर्नुपर्ने भन्दै यसरी ब्रम्हलुट गर्न नपाइने बताए । 

उनले भने, ‘यसअघिको सरकारले नयाँ सहिद २ हजार ६०१ जनालाई घोषणा गर्यो ।  १०÷१० लाख दिने भन्ने निर्णय गर्यो । यस्तो कति दिनसम्म चल्छ रु त्यो पैसा त्यहा दिनुभन्दा देशको निमार्ण गर्ने निर्माणकर्ताहरुको बाँकी भुक्तानीमा लगाएको खण्डमा निर्माणकर्ताहरु बाँच्छन् । सहिदहरु १० लाख र अन्य कुरा दिएर ब्रम्हलुट गर्न पाइँदैन् ।’