ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार १ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुन आज मंगलबार १३ सय रुपैयाँले घटेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।