आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बुधबार ४ सय रुपैयाँले घटेर ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधवार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ ।मंगलवार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँ कायम भएको थियो ।