ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । हिजो तोलाको ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा आठ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको भाउ तोलाको ९९ हजार ७ सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेको छ । हिजो तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलको १३ सय ६० रुपैयाँ तोकिएको छ ।