ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

सुनको मूल्य  प्रतितोला  ५०० ले बढेको छ।  प्रतितोला ५०० सय बढेर तोलाको  एक लाख दुई हजार ५०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। 

अघिल्लो दिन प्रतितोला  एक लाख दुई हजारमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला  एक लाख दुई हजार कायम गरिएको छ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख एक हजार ५०० थियो ।  त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ४२० पुगेको महासंघले जनाएको छ ।