ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

साताको पाँचौं दिन आज बिहीबार पनि बजारमा सुनचाँदीकै मूल्य घटेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९८ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै तेजावी सुनको मूल्य ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य १३ सय २० रुपैयाँ कायम भएको छ । बुधबार तेजावी सुन ९८ हजार ५ सय र चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।