ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

सुनको मूल्य  शुक्रबार प्रतितोलामा एक हजार दुई सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १२ सयले बढेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

शुक्रबार तेजावी सुनको मूल्य  तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य  भने स्थिर छ । बिहीबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ ।