संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धका मुद्दामा आज सुनुवाई हुँदै

संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धका मुद्दामा आज सुनुवाई हुँदै

विभिन्न संवैधानिक आयोगमा नियुक्ति गरिएका पदाधिकारीविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ सुरु भएको छ। सर्वोच्चले संवैधानिक इजलासको सुनुवाइ अवरुद्ध गर्ने आफ्नै एकल इजलासको अन्तरिम आदेशविरुद्ध परेको निवेदनमाथि समेत सुनुवाइ गर्नेछ ।संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।

शुक्रबारदेखि सुनुवाइ भएपनि बुधबारका लागि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश ल्याई नियुक्त गरेका थिए। प्रतिनिधिसभा विघटन गरेर नियुक्तिका लागि सिफारिस पदाधिकारीको संसदीय सुनुवाइ भएको छैन। संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्तिको लागि प्रधानमन्त्रीको अध्यक्षतामा गठित संवैधानिक परिषद्ले सिफारिस गर्नुपर्छ। 

तर १७ भदौ २०७८ मा न्यायाधीश हरि फुयाँलले एकल इजलासबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएका थिए । उक्त अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ती विरुद्धमा परेका मुद्दा अघि बढ्न सकेका छैनन् । अब दुवै मुद्दा एकसाथ अघि बढ्नेछ ।