श्रीलंकाका अर्थमन्त्री भागे रे, नेपालका अर्थमन्त्री पनि भाग्‍ने दिन आउन सक्छ: सुरेन्द्र पाण्डे

श्रीलंकाका अर्थमन्त्री भागे रे, नेपालका अर्थमन्त्री पनि भाग्‍ने दिन आउन सक्छ:  सुरेन्द्र पाण्डे

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माले कानून विपरीत काम गरिरहेको भन्दै आफ्नै गलत कामका कारण अर्थमन्त्री भाग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्री पाण्डेले श्रीलंकामा अर्थमन्त्री भाग्नुपरेको भन्दै नेपालको अर्थमन्त्रीको अवस्था पनि त्यही हुन सक्ने बताए ।

पाण्डेले गलत नीति नै आर्थिक संकटको कारण भएकाले नेपालमा अर्थमन्त्री भाग्ने दिन आउन नदिन गम्भीर बन्न सुझाव दिए । उनले अर्थमन्त्री शर्माले विदेशबाट आएको अवैध रकम छुटाउन दबाब दिनु गम्भीर अपराध भएकाले यसको छानबिन हुनुपर्ने बताए ।