हत्या गरी सवारीसाधन लुट्ने गिरोहमा संलग्न दुई जना १५ वर्षपछि पक्राउ

1.

काठमाडौंमा हत्या गरी सवारीसाधन लुट्ने गिरोहमा संलग्न दुई जना १५ वर्षपछि पक्राउ प्रहरीले पक्राउ गरेको छ।

नेपालगंज उपमहानगरपालिका-५ स्थायी वतन भएका २८ वर्षीय बिकास केसीको हत्या गरी सवारीसाधन लुट्ने गिरोहमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको जनाइएको छ।  

पक्राउ पर्नेहरूमा ओखलढुङ्गा साविक नर्मदेश्वर गाविस-७ देवीथान घर भई ललितपुर टिकाथली बस्ने ५३ वर्षीय भिम बहादुर बुढाथोकी र रामेछाप साविक सालु गाविस-६ घर भई काठमाडौं चावहिल बस्ने ६८ वर्षीय गुमान ध्वज खड्का रहेका छन् । 

यसअघि भे.१ च ५८१ नम्बरको जिप चालक केसीलाई कपिलबस्तु साविक शिवपुर गाविस-१ शिवपुरस्थित महेन्द्र राजमार्गमा २०६४ चैत ३० गते धारिलो हतियार प्रहारबाट मृत अवस्थामा फेला परेको थिए।  

सोहि घटनाको अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई काठमाडौं महानगरपालिका-३ महाराजगंजस्थित सडकमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

अहिले उनीहरूलाई आवश्यक कारवाहीको लागि वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तु पठाइएको छ ।