एकै परिवारका आठ जनाको गोली हानी हत्या

एकै परिवारका आठ जनाको गोली हानी हत्या

मेक्सिकोमा एकै परिवारका आठ जनाको गोली हानी हत्या गरिएको छ। मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जनाको हत्या भएको यहाँका महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।
सोमबार सो हत्या भएको थियो। मारिएकामध्ये छ जना महिला र दुई पुरुष छन्। त्यस्तै चार जना बालबालिका पनि रहेका सो कार्यालयले जनाएको छ। अज्ञात व्यक्तिले परिवारका ती सदस्यको हत्या गरेको बताएका छन्। हत्यामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

अज्ञात व्यक्तिले घरैमा पुगेर उनीहरुको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ। अधिकारीहरुका अनुसार सबै जनालाई गोली हानिएको छ। गोली लागेर सात जनाको घरैमा निधन भएको थियो भने एक जनाको स्पतालमा निधन भएको थियो। रासस