हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा

हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौ, ४ साउन । हिमालयन बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ७ लाख ५१ हजार ६८० कित्ता सेयर बिक्री गर्ने भएका छन् । यसमा, हिमालयनकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र बैंकको प्रधान कार्यालय कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।