३० युनिटभन्दा कम विद्युत खपत गरे निःशुल्क बिजुली दिने

३० युनिटभन्दा कम विद्युत खपत गरे निःशुल्क बिजुली दिने

काठमाडौं, ६ बैशाख । सरकारले वर्षा याममा मासिक ५० युनिट र हिउँदमा ३० युनिटम्म विद्युत उपभोग गर्ने उपभोक्तलाई निःशुल्क विद्युत वितरण गर्ने घोषणा गरेको छ ।

संसदमा संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त बताएका हुन् । नीति तथा कार्यक्रममा राष्ट्रपति पौडेलले अबको दुई वर्षभित्र सबैको घरमा विद्युतको पहुँच पुर्‍याउने घोषणा गरेका छन् ।