अदालत परिसरबाट हतकडी फुत्काएर फरार भएका थुनुवा पक्राउ
जिल्ला अदालत सिरहाको परिसरबाट हतकडी फुत्काएर फरार भएका एक थुनुवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका–१४ खिरौनाका १९ वर्षीय सतीश दास रहेका छन् । उनी लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेपछि प्रहरी हिरासतबाट अदालत लैजाने क्रममा फरार भएका थिए
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत असोज २१ गते ब्राउन सुगरसहित पक्राउ परेका दासलाई असोज २२ गते जिल्ला अदालत सिरहाबाट २० दिनको म्याद थप गरी फर्काउने क्रममा अदालत परिसरबाट हतकडी फुत्काएर फरार भएका थिए ।



थर्ड पोल 