आइसिसी विश्वकप लिग–२ः नेपालले आज ओमानविरुद्ध खेल्दै

आइसिसी विश्वकप लिग–२ः नेपालले आज ओमानविरुद्ध खेल्दै


काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दै छ। संयुक्त अरब इमिरेट्स युएई पनि सहभागी यस त्रिदेशीय शृङ्खलाको यो अन्तिम खेल हो।  यी दुई टोली बीचको खेल विहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। 

पछिल्ला तीन खेलमध्ये दुईमा जित हासिल गरिसकेको घरेलु टिम नेपालले प्रतियोगिताको अन्त्य सुखद रूपमा गर्ने चाहना राखेको छ। यद्यपि नेपालले यस शृङ्खलामा हात पारेका दुवै खेल युएईविरुद्ध प्राप्त गरेको थियो। नेपालले ओमानसँग भने डकवर्थ लुइसको नियम अनुसार १०२ रनको फराकिलो अन्तरले पराजित भएको थियो। 

हेड टु हेडमा पनि ओमान अगाडि छ। नेपाल र ओमानले हालसम्म नौ ओडिआई खेलेका छन्। जसमा ओमानले पाँच र नेपालले तीनमा जित हात पारेका छन्। एक खेल रद्द भएको थियो।ओमानको प्रदर्शन यस प्रतियोगितामा अस्थिर छ। उसले युएईविरुद्धका दुवै खेलमा पराजय बेहोरेको थियो। 

त्यसैले ओमानविरुद्धको पछिल्लो हार र विगतका प्रदर्शनले नेपालको मनोबल कम भएको छैन। नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले ओमानविरुद्ध बदला लिनका लागि आफ्नो टिमले सकारात्मक सोचाइसहित आक्रामक खेल खेल्ने बताएका छन्। अहिले टिम लयमा आउँदै छ, त्यसैले ओमानविरुद्ध राम्रो नतिजा ल्याउन सक्छौँ, उहाँले भने।

दीपेन्द्र अहिले सानदार लयमा रहेका छन्।। उनले पछिल्लो खेलमा युएईविरुद्ध ९४ बलमा १०० रनको शतकीय पालि खेल्ने। यस शृङ्खलामा अहिलेसम्मको प्रदर्शन ७५, ६० र १०० रन रहेको छ। उनले आफ्नो लयलाई कायम राखेर नेपाललाई अन्तिम खेलमा पनि जित दिलाउन प्रयास गर्ने बताए। उनीसँगै स्टार लेग स्पिनर सन्दीप लामिछानेले पनि सानदार बलिङ गरिरेका छन्।  यस शृङ्खलामा उनले तीन खेलमा सात विकेट लिइसको छन्र 

आठ राष्ट्र सहभागी लिग २ मा नेपाल सातौँ स्थानमा छ। नेपालले २३ खेलमा १६ अङ्क बनाएको छ। ओमान २७ खेलमा ३१ अङ्कसहित तेस्रो स्थानमा छ। नेपाललाई आगामी एकदिवसीय विश्वकपको ग्लोबल चयनमा स्वतः चयन हुन शीर्ष चारमा रहन जरुरी छ। 

सो लक्ष्य पूरा गर्न नेपाललाई डिभिजन लिग २०२४–२७ को बाँकी रहेका धेरैभन्दा धेरै खेल जित्नुपर्ने हुन्छ। नेपालका कप्तान रोहित पौडेलले आशा भने छोडेका छैनन्। उनी दबाबमा राम्रो नतिजा निकाल्न नेपाली क्रिकेट टिमको स्वभाव हो, भभनेका छन्। 

पछिल्लो पटक नेपालले अन्तिम १२ मध्ये ११ खेल जितेर एकदिवसीय मान्यता मात्र जोगाएन, विश्वकप छनोटमा पनि स्वतः चयन भएको थियो। नेपालले चार दिनअघि युएईविरुद्धको खेलमा नियमित प्रारम्भिक जोडी कुशल भुर्तेल र आसिफ शेखको स्थानमा युवा ब्याट्सम्यान अर्जुन कुमाल र अनुभवी विनोद भण्डारीलाई खेलाएको थियो। 

अर्जुन आफ्नो डेब्यू खेलमा खेलमा ११ रनमा आउट भए पनि विनोदले अर्धशतकीय पालि खेलेर आफ्नो चयनलाई सही साबित गरेका छन्। यस शृङ्खलामा तीन जित प्राप्त भएमा नेपालले अर्को हप्ता घरेलु मैदानमै सुरु हुने लिग २ का लागि मनोबल उच्च पार्ने छ। सो शृङ्खलामा अङ्क तालिकामा शीर्ष दुई स्थानमा रहेका अमेरिका र स्कटल्याण्डसँग नेपालले प्रतिस्पर्धा गर्ने छ।