सीटीईभीटीले स्वास्थ्यबाहेकका डिप्लोमा कार्यक्रममा निःशुल्क छात्रवृत्तिका लागि आवेदन खुलायो

सीटीईभीटीले स्वास्थ्यबाहेकका डिप्लोमा कार्यक्रममा निःशुल्क छात्रवृत्तिका लागि आवेदन खुलायो

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०८२–०८३ का लागि डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य बाहेकका कार्यक्रमहरूमा निःशुल्क छात्रवृत्तिको लागि अनलाइन आवेदन आह्वान गरेको छ। 

परिषद्को परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले आज एक सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्य उम्मेदवारहरूलाई २०८२ साउन ११ गतेभित्र आवेदन दिन आग्रह गरेको हो।

सूचनाअनुसार, सरकारी वा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका तथा परिषद्का आङ्गिक शिक्षालयहरूबाट प्रिडिप्लोमा तह उत्तीर्ण गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन्। 

एक आवेदकले कुनै एक प्रदेशको एउटा कार्यक्रमका लागि मात्र आवेदन दिन पाउने र प्रतिस्पर्धा पनि प्रदेश स्तरमै हुने कार्यालयले जनाएको छ। योग्यता क्रम सूची प्रकाशन तथा भर्ना सिफारिससमेत सोहीअनुसार गरिनेछ।शिक्षालयहरूमा उपलब्ध हुनेछ।