नबिल बैंकद्वारा नेपाल–भारत डिजिटल रेमिट्यान्स सेवा सुरु

नबिल बैंकद्वारा नेपाल–भारत डिजिटल रेमिट्यान्स सेवा सुरु


काठमाडौं ।   नेपाल र भारतबीच पैसा पठाउने तथा प्राप्त गर्ने प्रक्रिया थप सहज बनाउने उद्देश्यसहित नबिल बैंकले डिजिटल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले नेपाल–भारत–नेपाल क्रस–बोर्डर पर्सन–टु–पर्सन  रेमिट्यान्स सेवा सुरु गरेको हो। यस सेवामार्फत ग्राहकहरूले सुरक्षित डिजिटल माध्यमबाट तत्काल रकम पठाउन र प्राप्त गर्न सक्नेछन्।

सेवाअन्तर्गत नबिल बैंकमा खाता भएका भारतीय नागरिकहरूले बैंकको मोबाइल बैंकिङ एप ‘एनबैंक’ प्रयोग गरी भारतमा रहेका आफन्त तथा साथीभाइलाई सहज रूपमा रकम पठाउन सक्ने व्यवस्था गरिएको छ। त्यस्तै, नेपाली तथा भारतीय नागरिकहरूले नेपालमा रहेका नबिल बैंकका ग्राहकलाई पनि छिटो र सरल रूपमा पैसा पठाउन सक्ने बैंकले जनाएको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली ले यो सेवा सीमापार भुक्तानीलाई छिटो, सुरक्षित र सहज बनाउने दिशामा महत्वपूर्ण उपलब्धि भएको बताए।