मेसी र रोनाल्डोबीचको ‘ड्रिम म्याच’ तत्काल नहुने, अब फाइनलमा मात्र सम्भव
फिफा विश्वकप २०२६ मा लियोनल मेसी भर्सेस क्रिस्टियानो रोनाल्डोबीचको प्रतिस्पर्धा होला कि नहोला भन्ने धेरै समर्थकहरुलाई चासो थियो ।
उत्तर अमेरिकामा भइरहेको विश्वकप फुटबलको महाकुम्भमा कीर्तिमानी छैटौं पटक विश्वकप खेलिरहेका अर्जेन्टिनाका मेसी र पोर्चुगलका रोनाल्डोबीचको प्रतिस्पर्धा हेर्न धेरै समर्थक इच्छुक थिए ।
अर्जेन्टिना र पोर्चुगल आप्नो समूहको विजेता बन्दै अघि बढेमा क्वाटरफाइनलमा यी दुई टोली भेट हुने सम्भावना थियो । जहाँ मेसी र भर्सेस रोनाल्डोको खेल हेर्ने पाइनेमा आशामा विश्वभरका फुटबल समर्थकहरु प्रतिक्षा गरिरहेका थिए । धेरैका लागि यो ड्रिम खेल थियो ।
तर पोर्चुगलले पछिल्लो खेलमा कोलम्बियासँग बराबी खेलेपछि अर्जेन्टिना र पोर्चुगलबीच तत्काल खेल हुने सम्भावना टरेको छ ।
मेसीको अर्जेन्टिना समूह जे को विजेता बन्दा रोनाल्डोको पोर्चुगल भने समूह के को उपविजेता बन्यो । यसले गर्दा यी दुई टोली अब फरक-फरक पुलबाट अघि बढ्नेछन् ।
यदी दुवै टोलीले जित हात पार्दै अघि बढेमा मात्र मेसी र रोनाल्डोको खेल हुने सम्भावना रहन्छ । त्यो पनि फाइनलमा मात्र ।
अब मेसी भर्सेस रोनाल्डो खेल हुनका लागि अर्जेन्टिना र पोर्चुगलले नकआउट चरणमा चारवटै खेल जित्नुपर्नेछ ।
थर्ड पोल 