अमेरिकी डलर र युरोको भाउ घट्दा बढ्यो अस्ट्रेलियन डलरको, यस्तो छ विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा कायम भएको छ।
मंगलबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा थियो।
युरोको भाउ पनि आज घटेर एकको खरिददर १५५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७४ पैसा तोकिएको छ। मंगलबार यसको भाउ एकको खरिददर १५६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५७ रुपैयाँ १४ पैसा थियो।
अस्ट्रेलियन डलरको भाउ भने आज बढेको छ। यसको भाउ एकको खरिददर ८७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४७ पैसा तोकिएको छ। मंगलबार एकको खरिददर ८६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८७ रुपैयाँ २५ पैसा थियो।
युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८१ रुपैयाँ १२ पैसा र बिक्रीदर १८१ रुपैयाँ ९१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४१ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९९ रुपैयाँ १६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ।
यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा कायम भएको छ।
थर्ड पोल 