रुसी राष्ट्रपति पुटिन पदमा बस्न लायक छैनन्ः बाइडेन

रुसी राष्ट्रपति पुटिन पदमा बस्न लायक छैनन्ः बाइडेन

युक्रेन युद्धलाई लिएर दुई विश्व शक्ति देश अमेरिका र रुस आरोप-प्रत्यारोपमा उत्रिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निन्दा गरेका छन् ।

युक्रेनमा गरेको आक्रमणलाई लिएर बाइडेनले रुसी राष्ट्रपति पुटिनलाई पदमा बस्न लायक नरहेको टिप्पणी समेत गरेका छन् । पोल्यान्डको राजधानी बार्सामा भएको कार्यक्रममा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले पुटिन शक्तिमा रहन नहुने समेत बताएका  छन् । 

बाइडेनले सम्बोधन गर्दैगर्दा रुसले पोल्यान्डको सीमाबाट झण्डै ४० माइलको दूरीमा रहेको युक्रेनको लभिभ सहरमा आक्रमण गरेको छ । साथै बाइडेनको टिप्पणीमा जवाफ दिँदै रुसी राष्ट्रपति कार्यालयले पुटिन शक्तिमा रहने वा नरहने भन्ने निर्णय बाइडेनको नभइ रुसी नागरिकको रहेको प्रतिक्रिया दिएको छ ।