इजरायली ड्रोन हमलाः हिजबुल्लाहका बरिष्ठ कमाण्डर मारिए

इजरायली ड्रोन हमलाः हिजबुल्लाहका बरिष्ठ कमाण्डर मारिए


काठमाडौं।  इजरायली आक्रमण परी लेबनानमा शीर्ष हिजबुल्लाह कमाण्डर मारिएका छन् । इजरायलले दक्षिणी लेबनानमा गरेको हवाई हमलामा हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएको लेवनानी समाचार संस्थाहरूले जनाएका छन् ।‘यो धेरै पीडादायी घटना हो,’ हिजबुल्लाहका एक अधिकारीले भने । तर, उनको नाम भने अझै खुलाइएको छैन् । 

‘ती अज्ञात कमाण्डरले दक्षिणमा हिजबुल्लाहको अपरेसन व्यवस्थापन गर्न प्रमुख भूमिका खेलेका थिए,’ एक सुरक्षा अधिकारीले लेवानानी समाचार एजेन्सीलाई भने, ‘र, उनी दक्षिणमा रहेको बेला उनको कारलाई लक्षित गरी इजरायली आक्रमण हुदाँ मारिए ।’

 अक्टोबर ७ मा सीमापार बमबारी सुरु भएदेखि दक्षिणी लेबनानमा इजरायली गोलाबारीमा हिजबुल्लाहले १६० भन्दा बढी लडाकुहरू गुमाइसकेको छ । उक्त हत्याले गाजाको द्वन्द्व लेबनान र अन्यत्र फैलिने डर बढाएको युद्द बिज्ञहरूले जनाएका छन् ।