इजरायलीले वेस्ट बैंकमा गरेको आक्रमणको जो बाइडेनले गरे निन्दा

इजरायलीले वेस्ट बैंकमा गरेको आक्रमणको जो बाइडेनले गरे निन्दा


काठमाडौं। इजरायलीले वेस्ट बैंकमा बसोबास गर्ने प्यालेस्टाइनीहरूमाथि गरेको आक्रमणले तनावमा ‘पेट्रोल थपेको’ भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले निन्दा गरेका छन् । बाइडेनले इजरायलीहरूले कब्जा गरेको वेस्ट बैंकमा प्यालेस्टाइनीहरू विरुद्ध भइरहेको बढ्दो आक्रमणको अन्त्य गर्न आहृवान समेत गरेका छन् ।

अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमण र घेरामा परेको गाजा पट्टीमा इजरायलले निरन्तर बमबारी गरेपछि वेस्ट बैंकमा प्यालेस्टिनीहरू विरुद्ध हिंसा बढेको छ । प्यालेस्टिनी अधिकारीहरूका अनुसार केही वेस्ट बैंकमा बसोबास गर्ने इजरायलीले प्यालेस्टिनीहरूको हत्या समेत गरेका छन् ।