इराकको अमेरिकी महावाणिज्य दूतावास नजिक दर्जनौ विस्फोट
काठमाडौं । इराकको एर्बिलमा रहेको अमेरिकी महावाणिज्य दूतावास नजिक आज एकपछि अर्को गरी दर्जनौं विस्फोटन भएका छन् । एबीसी न्यूजले अमेरिकी वाणिज्य दूतावासमा भएको आक्रमणको जिम्मेवारी इरानको रिभोलुसनरी गार्डले लिएको जनाएको छ ।
रिभोलुसनरी गार्ड्सले जासूस मुख्यालय र इरानी विरोधी आतंकवादी गतिविधि गर्ने क्षेत्रका केही भागलाई ब्यालेस्टिक मिसाइलले निशाना बनाएको बताएको छ । एक इराकी सुरक्षा स्रोतले एबीसी न्यूजलाई दिएको जानकारी अनुसार बम विष्फोटमा चार जनाको मृत्यु भएको छ ।
यद्यपी यस बम विष्फोटमा कुनै अमेरिकी सेनालाई क्षति भने भएको छैन ।रिभोलुसनरी गार्डले इराकको एर्बिल एयरपोर्ट नजिकै तीन अमेरिकी ड्रोनलाई खसालेको छ । हमलापछि एर्बिल एयरपोर्ट बन्द गरिएको छ ।
थर्ड पोल 