कान्छी थाई प्रधानमन्त्री पेटोङटार्नको घडीको मूल्य ५० लाख डलर, अरु सम्पत्ति कति ?

कान्छी थाई प्रधानमन्त्री पेटोङटार्नको घडीको मूल्य ५० लाख डलर, अरु सम्पत्ति कति ?

काठमाडौं । हालै प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमणमा पुगेर आए ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ गएका थिए ।

थाइल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राम्रै सम्मान र सत्कार पनि पाए । ओलीको थाइल्याण्ड भ्रमणका बेला नेपालमा थाई प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको पनि राम्रो चर्चा भयो ।

प्रधानमन्त्री ओलीसँग एउटै टेबलमा बसेकी सिनावात्राले नेपाली जनको ध्यान खिच्न सफल भइन् । ओलीसँगको भेटवार्ताका बेला औपचारिक थाई पोसाकमा सजिएकी उनको हाउभाउ र शिष्टता पनि धेरै नेपालीले रुचाए ।

आज हामीले उनै थाई प्रधानमन्त्री पेटोङटार्न सिनावात्राका बारेमा जानकारी दिने जमर्को गरेका छौँ ।

सिनावात्रा गत वर्षको अगस्ट महिनामा थाइल्याण्डको प्रधानमन्त्री चुनिएकी हुन् । थाई प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने उनी दोस्रो महिला हुन् ।

निर्वाचित हुनेबेला ३७ वर्ष रहेको सिनावात्रा थाइल्याण्डको इतिहासकै सबैभन्दा कान्छो उमेरकी प्रधानमन्त्री पनि हुन् । थाई संसदले प्रधानमन्त्री चुन्नुअघि उनले कुनै राजनीतिक पद धारण गरेकी थिइनन् ।

थाइ भाषामा उनको नाम लेख्दा ‘पेटोङटार्न सिनावात्रा’ लेखिन्छ । तर, भाषागत कारणले उनको नाम ‘फेथोङथान चिनावात’ वा यसै समान केही उच्चारण गरिन्छ ।

समय क्रमसँगै शब्दको उच्चरणमा परिवर्तन आएपनि लेख्य थाई भाषा अपरिवर्तनशील रहँदै आएको छ । तैपनि हामी उनको नाम पेटोङटार्न सिनावात्रा नै लेख्नेछौँ ।

खैर, लेख्य र कथ्य थाई भाषामा जेजस्तो नाम भएपनि उनलाई माया गरेर उङ-इङ अथवा इङ मात्रै भनेर पनि पुकारिन्छ । उनी पूर्वप्रधानमन्त्री एवम् अर्बपति व्यवसायी थाक्सिन सिनावात्राका तीनमध्ये सबैभन्दा कान्छी छोरी हुन् ।

थाक्सिनले सन् २००१ देखि सन् २००६ को सैन्य कूसम्म थाइल्याण्डको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । थाक्सिनको कुल सम्पत्ति २ अर्ब १० करोड अमेरिकी डलरभन्दा धेरै रहेको फोर्ब्सले जनाएको छ ।

उनका मामा सोमचाइ वोङसवत पनि सन् २००८ को अन्त्यतिर छोटो समयका लागि प्रधानमन्त्री भएका थिए । सोमचाइलाई पनि संवैधानिक अदालतले पदबाट हटाएको थियो ।

पेटोङटार्नकी काकी यिङलक सिनावात्रा पनि प्रधानमन्त्री भएकी थिइन् । उनले सन् २०११ देखि सन् २०१४ को सैन्य कूसम्म थाई प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।

कतिपयले मुलुकको शक्तिशाली राजनीतिक परिवारकी कान्छी छोरी भएकैले उनी प्रधानमन्त्री बनेको समेत टिप्पणी गर्दै आएका छन् । थाइल्याण्डको चुलालङ्कोर्न विश्वविद्यालयमा राजनीतिशास्त्र विषयका एशोसिएट प्रोफेसर पुआङथोङ पावाकापनको पनि यस्तै धारणा छ