चीनमा पछिल्लो २४ घण्टामा थप २ हजार ६६६ जनामा कोरोना पुष्टि, ३९ जनाको मृत्यु 

चीनमा पछिल्लो २४ घण्टामा थप २ हजार ६६६ जनामा कोरोना पुष्टि, ३९ जनाको मृत्यु 

चीनको सांघाई शहरमा पछिल्लो २४ घण्टामा थप २२ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । साढे २ करोड जनसंख्या भएको सांघाई पछिल्लो समय कोरोना संक्रमणको चपेटामा परेको छ । वृद्धवृद्धा र खोप नलागाएको ठूलो जनसंख्या कोरोनाको जोखिममा रहेको चीनको स्वास्थ मन्त्रालयले जनाएको छ । 

संक्रमितहरूको मृत्यु बढेसँगै चीनमा निर्मित खोपको प्रभावकारीतामाथि पनि प्रश्न उठाउन थालिएको छ । राजधानी बेइजिङमा पनि २२ जना नयाँ संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा थप ३९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै पछिल्लो संक्रमणपछि सांघाईमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८७ पुगेको छ । मृत्यु हुने अधिकांश वृद्धवृद्धा रहेको चीनको स्वास्थ मन्त्रालयले जनाएको छ ।