ट्रम्पको करविरुद्ध चीन,क्यानडा र मेक्सिकोले पनि कर लगाउने

ट्रम्पको करविरुद्ध चीन,क्यानडा र मेक्सिकोले पनि कर लगाउने

काठमाडौं । क्यानडा र मेक्सिकोबाट अमेरिका आयात हुने सामानहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाइएको छ। यसबाहेक चीन विरुद्ध नयाँ १० प्रतिशत लेवी (एक प्रकारको कर) पनि सुरु गरिएको छ। ट्रम्पले अब क्यानडा र मेक्सिकोसँग वार्ताको कुनै सम्भावना नभएको बताएका छन्। करको बदलामा क्यानडाले पनि अमेरिकाबाट आयात हुने घरायसी सामान, सुन्तलाको जुस, वाइन, स्प्राइड, बियर र कफी लगायत सामानमा २५प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको छ।

मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले अमेरिकासँग यो कर लगाउनुको कुनै कारण नभएको बताएकी छन्। यसको विरोधमा मेक्सिकोले अमेरिकी सामानहरूमा कर लगाउने बारेमा पनि कुरा गरेकी छन्। कर कति लगाउने भन्ने विषयमा आइतबार घोषणा गरिने जनाइएको छ।

चीनले पनि मार्च १० देखि अमेरिकाबाट आयात हुने धेरै सामानहरूमा १० देखि १५प्रतिशत सम्म कर लगाउने बताएको छ। चीन अमेरिकी उत्पादनहरूको सबैभन्दा ठूलो आयातकर्ता मध्ये एक हो।

उदाहरणका लागि यदि अमेरिकाले १०० डलरमा केही सामान आयात गरिरहेको छ र त्यसमा २५प्रतिशत कर लगाइएको छ भने त्यसको मूल्य १२५ डलर हुनेछ।