ताइवानको तटमा चीनको सैन्य अभ्यास, तनाव वढ्यो

ताइवानको तटमा चीनको सैन्य अभ्यास, तनाव वढ्यो

काठमाडौं । चीनले ताइवानको तटमा सोमबारबाट नयाँ सैन्य अभ्यास सुरू गरेको छ । पीपुल्स लिबरेसन आर्मी (पीएलए) ले उक्त अभ्यास गरेको हो ।  उक्त अभ्यासले चीन र ताइवानबीच तनाव बढाएको छ । 

ताइवानका राष्ट्रपतिले आफ्नो सरकारले चिनियाँ नियन्त्रण स्वीकार नगर्ने कडा भाषण दिएपछि स्थिति असामान्य बनेको हो । बेइजिङले ‘स्वर्ड–२०२४ बी’ नाम दिएको अभ्यासमा युद्धपोत र लडाकु विमानहरूले भाग लिइरहेका छन् । 

उक्त अभ्यास टापु वरपर नौ स्थानहरूमा भइरहेको छ । चीनले यसअघि पनि ताइवानको वरिपरि ठूलो युद्ध अभ्यास गरेको थियो । चीनले उक्त टापु आफ्नो दाबी गर्दै आएको छ ।