नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ नियुक्त

नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ नियुक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) र नेपाल तरुण दल केन्द्रीय तदर्थ समितिका अध्यक्ष नियुक्त गरेका छन् ।तदर्थ समितिअन्तर्गत नेविसंघमा दुजाङ शर्पालाई अध्यक्ष नियुक्त गरेका छन्। त्यसैगरी तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका छन्।

दुबै जनालाई केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार पार्टी विधानको धारा ४२ (१) (च) बमोजिम नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्ने जिम्मेवारी तोकिएको छ।