अमेरिकन मेजर लिगः इन्टर मियामी पराजित

अमेरिकन मेजर लिगः इन्टर मियामी पराजित


काठमाडौं । अमेरिकन मेजर लिग सकर अन्तर्गत इन्टर मियामी पराजित भएको छ। सोमबार बिहान सम्पन्न खेलमा मोन्टरियलले इन्टर मियामीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो। मोन्टरियलको जितमा फेर्नानडो अल्भारेज, माटीआस कोकारो र सनउसी इब्राहिमएले एक एक गोल गरेका थिए। 

त्यसैगरी इन्टर मियामीका लागि लियोनार्दो काम्पाना र जोर्डी अल्बाले एक एक गोल गरेका थिए।यस खेलमा लियोनेल मेसीलाई आराम दिएको थियो भने लुइस स्वरेज सब्सटिच्युटको रुपमा खेलेका थिए।

इन्टर मियामीको यस सिजनमा यो पहिलो हार हो। यो हारपछि ४ खेलमा ७ अंक हासिल गर्दै इन्टर मियामी शिर्ष स्थानमा रहेको छ। त्यसतै मोन्टरियलको भने ३ खेलमा ७ अंक भएको छ र  लिगमा दोस्रो स्थानमा रहेको छ।