निर्वाचन आचारसंहिता आजैदेखि लागू, के गर्न पाइन्छ के पाइँदैन ?

निर्वाचन आचारसंहिता आजैदेखि लागू, के गर्न पाइन्छ के पाइँदैन ?

निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि आजैदेखि आचारसंहिता लागू गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनका लागि जारी गरिएको आचारसंहिता पालना नगर्नेलाई कानुन बमोजिम कारबाही हुने बताएका छन्।

निर्वाचन आयोगको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिता पालना नगर्नेलाई  निर्वाचन कसुरमा कारवाही गर्न आयोग तयार रहेको बताएका हुन्। उनले भने, ‘निर्वाचन आचारसंहिता पालना नगर्नेलाई निर्वाचन कसुरमा कारवाही गर्न आयोग तयार छ। 

कसैलाई क्षम्य हुँदैन। हरेक उम्मेद्धवारले लाभको पदमा नरहेको स्वघोषणा गर्नुपर्छ र त्यसको जिम्मेवार स्वयम् नै हुनुपर्नेछ। ’ उनले निर्वाचनका क्रममा सामाजिक सञ्जालको प्रयोग गर्न मिल्ने तर दुरुपयोग गर्न नहुने बताए। आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागू हुने जनाएको छ।