आजको विदेशी मुद्राको विनिमय दर, पाउण्डको भाउ अहिलेसम्मकै उच्च

आजको विदेशी मुद्राको विनिमय दर, पाउण्डको भाउ अहिलेसम्मकै उच्च


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज बेलायती पाउण्ड हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ र बिक्री दर १६८ रुपैयाँ ७६ पैसा पुगेको छ । सोमबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा र बिक्री दर १६८ रुपैयाँ ५३ पैसामा कारोबार भएको थियो ।

युरो एकको खरिद दर १४५ रुपैयाँ ७६ पैसा र बिक्री दर १४६ रुपैयाँ ४१ पैसा रहेको छ । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ । डलरको भाउ दुई दिनदेखि स्थिर रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५७ पैसा र बिक्री दर ९८ रुपैयाँ ०१ पैसा रहेको छ ।