एमाले एक्लैले ७० प्रतिशत स्थानीय तह जित्छः ओली

एमाले एक्लैले ७० प्रतिशत स्थानीय तह जित्छः ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफूहरुले ७० प्रतिशत सिट जित्ने बताएका छन्।  अखिल नेपाल महिला संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले एक्लै चुनाव लड्न सक्षम रहेको बताए।

स्थानीय तहको निर्वाचनमा हामी ६० देखि ७० प्रतिशत सिट जित्न सक्छौं, उनले भने, पालिका वा सिटका हिसाबले यति जित्नका लागि हामी एक्लै सक्षम छौं।’

उनले नेपालमा अहिले दुईवटा राजनीति धार रहेको बताए। उनले भने, ' प्रतिगमनकारी, परामादेशबाट आएको, जो पाँच दलीय गठबन्धन भनेर चिनिएको छ र अर्को जनादेशको ।'