आर्थिक अनुशासन र वित्तीय जवाफदेहिताबारे समितिमा छलफल हुन्छ : ऋषिकेश पोखरेल

आर्थिक अनुशासन र वित्तीय जवाफदेहिताबारे समितिमा छलफल हुन्छ : ऋषिकेश पोखरेल



काठमाडौ, १० असोज । लेखा समितिमा प्राथमिकताका साथ राखेका कुराहरु नै आउने बैठकमा छलफलको विषय बन्ने सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बताएका छन् । बुधबार सार्वजनिक लेखा समितिको बैठकमा उनले जनताले आर्थिक अनुशासन र वित्तीय जवाफदेहिताका विषयमा उठाएका प्रश्नहरु आफूहरुको ‘मसला’ भएको बताए ।

‘माननीयज्युहरुले प्राथमिकताका साथ राखेका कुराहरु नै आउने बैठकमा छलफलको विषय बन्नेछ । सार्वजनिक सरोकारका विषयबस्तुहरुमा जनताले आर्थिक अनुशासन र वित्तीय जवाफदेहिताको विषयमा उठाएको प्रश्नहरु हाम्रा मसला हुन् ।’

उनले उपसमितिले तत्काल काम सुरु गर्ने र त्यसको लागि सचिवालयले आवशयक व्यवस्थापन गर्ने कुरामा प्रतिबद्ध रहेको बताए ।समितिको बैठकमा अनुपस्थिति वा काम गर्ने कुरामा कन्जुस्याई गर्न नहुने उनको भनाई छ ।