एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलको बैठक बस्दै छ । आज दिउँसो ३ बजे बैठक बस्न लागेको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

सरकारले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो । बैठक नयाँबानेश्वरमा बस्दैछ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी थिइन् ।
बैठकमा पार्टीको माग पूरा नगरी अधिवेशन अन्त्यलगायत विषयमा छलफल हुने बताइएको छ ।