काठमाडौंका मेयर शाहलाई साथ दिने धरानका मेयर हर्क साम्पाहाङको प्रतिबद्धता

काठमाडौंका मेयर शाहलाई साथ दिने धरानका मेयर हर्क साम्पाहाङको प्रतिबद्धता


काठमाडौं, २५ असार । धरान महानगरपालिकाका मेयर हर्क साम्पाहाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई ढाडस दिएका छन् । आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाए पछि चलेको मुद्धामा तारिख बोकिरहेका मेयर शाहलाई धरानका मेयरले ढाडस दिएका हुन । 
 
मेयर शाहले अदालतले आफुलाई अपराधी बनाएको भन्दै आइतवार साँझ ट्विट गरे पछि साम्पाहाङले ‘नडराउनु’ भन्दै साथ दिने प्रतिबद्धता जनाएका हुँन् । 

 काठमाडौंका मेयर शाहले आइतवार अदालतको तारिख पर्चा साँझ लेखेका थिए, 
‘आज एउटा विशेस दिन,
आजबाट म तारिखमा छु,
भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा, र आजै ,
प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा ।
म आजबाट अपराधी ।’

 त्यसको जवाफमा धरानका मेयर साम्पाहाङले टविटरमा जवाफ दिँदै लेखे, 
‘नडराउनुस् नबिराउनुस्
हजुरको साथमा म छु, हामी छौं ।’