कैलालीमा एक व्यक्तिको पेटमा भेटियो रक्सीको बोटल

1.

कैलालीमा एक एक वृद्ध व्यक्तिको पेटमा रक्सीको बोतल भेटिएको जनाइएको छ। सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा बोतल भेटिएको हो।

अस्पतालको अनुसार धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा रक्सीको बोतल देखिएको छ। बिहीबार पेट दुखेपछि अस्पताल आएका रोकामगरको एक्सरे गर्ने क्रममा बोतल देखिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यक्षले जानकारी दिए।

केहि दिन अगाडी मगरले आफ्नो साथीसँग रक्सि खाने क्रममा मलद्वारबाट साथीले रक्सीको बोतल पेटभित्र छिराइदिएको उनले बताए। अहिले उनको प्रदेशिक सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

यस्तैगरि यसअघि रौतहटका एक युवाको पेटमा पनि यस्तो बोटल फेला परेको थियो । साथै उनको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका चिकित्सकले शल्यक्रिया गरी पेटबाट बोतल झिकेका थिए।