कोशीका नवनियुक्त मुख्यमन्त्रीको सपथ आज

कोशीका नवनियुक्त मुख्यमन्त्रीको सपथ आज


काठमाडौं, १७ साउन । आज कोशी प्रदेश सरकारका लागि दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनियताको शपथ लिदै छन् । सर्वोच्च अदालतले यसअघि भएको नियुक्ती बर्खास्त गरे पछि पुनः हिजो मुख्यमन्त्रीमा नियुक्त भएको थापाको शपथ ग्रहण आज हुन लागेको हो ।

सभामुख बाबुराम गौतमलाइ राजिनामा गर्न लगाएर सतारूढ गठबन्धनले हिजो ४७ सदस्यको समर्थनमा थापाले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । लगत्तै बहुमत सदस्य पुर्याएर पुनः नियुक्ती भएका मुख्यमन्त्री थापाले सपथ ग्रहणसँगै आजै सानो आकारको मन्त्रिपरिषद विस्तारको तयारी गरेको बुझिएको छ ।

गत असार २१ गते सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्री बनेका थापालाई नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै साउन ११ गते सर्वोच्च अदालतले पदमुक्त गरेको थियो ।