कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल हुने नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सत्ता गठबन्धनका दलहरुबीच भएको भागबण्डा अनुसार नेपाली कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगरको मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद परेको छ ।

उपमहानगरपालिकातर्फ कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज, धनगढीको मेयर पद लिनेछ भने जितपुर सिमरा, घोराही र हेटौंडाको उपमेयर पाएको छ ।