निर्वाचन तालमेलका विषयमा सत्ता गठबन्धनले दियो यस्तो निर्देशन

निर्वाचन तालमेलका विषयमा सत्ता गठबन्धनले दियो यस्तो निर्देशन

पाँच दलीय गठबन्धनको बैठक सकिएको छ। बैठकले तीन बुँदे निर्णय गर्दै कार्यान्वयनका लागि सम्बन्धित दललाई निर्देशन गरेको छ। बैठकले पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय गरेको छ। 'गठबन्धन बाहिरको तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने', बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, पाँच दलीय गठबन्धनबीच भएको सहमति विपरीत विभिन्न दलका प्रतिनिधिहरुले स्वतन्त्र रुपमा दर्ता गरेका उम्मेदवारीहरु तत्काल फिर्ता गर्न पहल गर्ने निर्णय पनि गरिएको छ।

त्यस्तै ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमति विपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरु तत्काल फिर्ता लिने निर्णय गरिएको छ।