कति थपिए आज कोरोना संक्रमित ? यस्तो छ पछिल्लो विवरण

कति थपिए आज कोरोना संक्रमित ? यस्तो छ पछिल्लो विवरण

पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २७८ जनाको पीसीआर परीक्षण गर्दामा २१ जना र २ हजार ३०९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी २४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ५१ जना निको भएका छन् भने कसैको पनि मृत्‍यु भएको छैन । हाल देशभर ८१२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ७७१ जना होम आइसोलेसनमा रहेका छन् भने ४१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ६७२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६५ हजार ७६५ जना संक्रमणमुक्त भएका छन् ।